काठमाडौं। सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा 'प्रभाकार'ले जनतासँग नजोडिए पार्टी अलगावमा पर्ने खतरा रहेको बताएका छन् । शनिवारदेखि शुरू भएको माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत ललितपुर उपमहानगरपालिका-२७ मा आयोजित कार्यक्रममा बोल्दै उनले जनतासँग सिक्दै आफैँभित्र सरसफाईका लागि विशेष रूपान्तरण अभियानमा आएको बताए ।
बागमती प्रदेश इन्चार्जसमेत रहेका शर्माले अभियानमा टोल, मन्दिर र सडक सरसफाईको नेतृत्व गर्दै जनतासँग जोडिनुपर्ने बताए ।ललितपुरको ढोलाहिटीदेखि सुनागुठीसम्मको सरसफाईमा सहभागी भएका शर्माले जनताका आलोचना, गुनासा, आक्रोश र सुझावहरू संकलनगरी त्यहीअनुसार आगामी कार्यक्रम तय गरिने बताए । 'अध्यक्ष प्रचण्डले ७ प्रदेशका ७ वडाको जिम्मा लिनुभएको छ ।
त्यसैगरी पार्टीका पदाधिकारीदेखि सबै तहका नेता-कार्यकर्ता वडासम्म जाने र जनतासम्म पुग्ने छौं,' उनले भने, 'जनताका आलोचना, गुनासा, हामीप्रतिका आक्रोश र सुझावहरू संकलनगरी त्यहीअनुसार आगामी कार्यक्रम तय गरिने छ ।'जनताको आकांक्षा र एजेण्डालाई गम्भीर एवम् संवेदनशील रूपमा लिइएन भने परिवर्तनको नेतृत्व गरेको र गणतन्त्र ल्याएको पार्टी अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो ।
पार्टी अप्ठ्यारोमा पर्दा जनतासमेत अप्ठ्यारोमा पर्ने उनले बताए । 'विगतबाट पाठ सिकेर जनतातिर फर्केका छौं । जनताले पार्टीको फोहोरमैला फालेर हामीभित्रको सरसफाईमा सहयोग गरिदिनुस्,'जनतासँग उनले भने, 'जनताको साथ, सहयोग र सहकार्यले मात्रै पार्टी रूपान्तरण हुनेछ । तपाईंहरूले आलोचना र सुझाव राखेर पार्टी रूपान्तरणमा भूमिका खेलिदिनु हुनेछ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम: जनार्दन शर्मा
सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए : जनार्दन शर्मा
नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ : जनार्दन शर्मा
नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ : जनार्दन शर्मा