अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जे मन लाग्यो त्यहि बोल्ने र गर्ने गरेको खुलासा भएको छ ।
उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका क्रममा नेपाल लाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेर भनेको त्यहाँको राजनीतिक समाचार प्रकाशन गर्ने पोर्टल पोलिटिकोले यस्तो खुलासा गरेको हो । उनले आफूलाई उच्चारण गर्न नआउने शब्द र नामहरुलाई त्यत्तिकै छोडिदिने गरेका छन् ।
ट्रम्पले केही समय हाइटी, एलसाल्भाडोर र केही अफ्रिकी देशहरुलाई इंगित गर्दै ‘सिटहोल’ भनेका थिए । त्यस कारण धेरै विवाद आएपछि उनले ट्विटरबाट माफी समेत मागेका थिए ।
त्यस्तै उनले धेरै विश्व नेताहरुलाई मध्यरातमा फोन गर्ने गरेको पनि स्रोतलाई उल्लेख गर्दै पोलिटिकोले लेखेको छ ।
ट्रम्प निकट स्रोतलाई उद्धृत गर्दै पोलिटिकोले लेखेको छ, ‘कसैलाई फोन गर्न मन लागेमा उनी तत्कालै फोन लगाउँछन् उनी समय कति भएको छ वा कसलाई फोन गर्दैछु भन्ने कहिल्यै पनि सोच्दैनन् ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० साउन २०७५, १३ : २७
लेखकबाट थप