काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै छ ।
गत मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आज पनि बाँकी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बैठक बिहान ८ बजे बस्नेछ ।
हिजोको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।
केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिदैँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसकाे केन्द्रिय नेताहरूकाे कार्यबिभाजन आज हुने
आज देखी नेकपा एसको स्थायी कमिटी बैठक
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक
नेकपा एसमा प्रतिनिधित्व : ३३ प्रतिशत महिला, २० प्रतिशत युवा
नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति