बिरगंज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ।
दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल र सम्राट ढुवानी सेवालाई कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए।
त्यसैगरी वीरगञ्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स, ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए।
कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९/८० मा १४ करोड ३९ लाख बक्यौता सङ्कलन गरिएको छ।
‘पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ’, प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।’
सबै सम्पत्ति रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बक्यौता नतिरेसम्म विदेशी मुद्रा सटही सिफारिस गर्दैनौं : दूरसञ्चार प्राधिकरण
नगदै दिइने सामाजिक सुरक्षामा पनि कर
पूर्वाधार करबाट उठ्यो १ खर्ब २५ अर्ब
साढे ४ अर्बभन्दा बढी कर फिर्ता, कुन वर्ष कति ?
तीन वर्षमा २२ लाख भन्दा बढी करदाता थपिए
दोहरो कर हटाउन स्थानीय तहलाई आग्रह, नत्र संघीय सरकारले कदम चाल्ने