२३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा

पत्रपत्रिकाबाट

शुक्रबार, १८ साउन २०८१, ०८ : ०२
२३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रपञ्च गरी कर छली गर्ने २ हजार ३ सय करदाता तथा व्यापारिक फर्ममाथि अनुसन्धान गर्ने भएको छ।

विभागले ती करदाता र फर्महरूले झुटा तथा नक्कली बीजकको प्रयोग गरी कर छली गरेको निष्कर्ष निकाल्दै उनीहरूमाथि अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

विभागका अनुसार ती फर्महरूको झुटा तथा नक्कली बीजकको अनुसन्धान हुँदा २३ अर्ब कर निर्धारण हुने अनुमान गरिएको छ। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस