काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नतिरेसम्म मुद्रा सटही सिफारिस नगर्ने बताएको छ । शुक्रबार प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै बक्यौता रकम नतिरे मुद्रा सटही सिफारिस गर्न नमिल्ने बताएका हुन् ।
‘सीमित सेवा प्रदायकहरूले वर्षौँदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि स्पष्ट गरी बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी (कार्यविधि) विनियमावली २०७६ को ४(घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न नमिल्ने देखिएको छ।’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ ।
प्राधिकरणले नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएकोले दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी (कार्यविधि) विनियमावली २०७६ को ४(घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने बताएको हो ।
सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ बमोजिम कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।
नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष विनियमावली, २०६८) को विनियम ५(१) बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था रहेकोमा धेरैजसो सेवा प्रदायकहरूले नियमानुसार तिर्नु बुझाउनु पर्ने रकम भुक्तान गरी निर्बाध रूपमा प्राधिकरणबाट विदेशी मुद्रा सिफारिस लगायतका प्राधिकरणका सुविधाहरू लिइरहेको अवस्था रहेको पनि उल्लेख छ ।
विज्ञप्ति :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्
२३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा
यी वस्तुमा घटाइयो कर
नगदै दिइने सामाजिक सुरक्षामा पनि कर
पूर्वाधार करबाट उठ्यो १ खर्ब २५ अर्ब