काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित ‘२०२८ ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई नेपालका कम्युनिष्ट पार्टीहरुको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणाष्पद लाग्ने गरेको बताए ।
‘अहिले इतिहासको कुरा गर्दाखेरी, हुनत यो राजनीतिक कुरा हुन्छ । यो विरोधको कुरा पनि सुन्न सकिएला,’ उनले भने, ‘आज फर्केर हेर्दाखेरि चाहिँ खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन् । स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरी इतिहासलाई अझै धेरै अगाडि लैजान्छौं भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरी उहाँको बोली अर्कै लाग्छ ।’
महासचिव भुसालले ओली मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र तर नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको भन्दै त्यो सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे । उनले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुशासन छोप्न सत्तागठबन्धन विकासको प्रोपगाण्डा फैलाउँदैछ : घनश्याम भुसाल
आजको व्यवस्थापनले गणतन्त्र थाम्दैन, मुलुकमा केही न केही हुँदैछ : घनश्याम भुसाल
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
एमाले र कांग्रेस मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल
ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिर्गादिनुभयोः घनश्याम भुसाल
माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल