काठमाडौं। नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् । यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।
त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ । दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् ।मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनक भट्टराई एआईजीमा बढुवा
डीआईजी जनक भट्टराई एआईजीमा बढुवा सिफारिस
बढुवा भएका दुई एआईजीको पदस्थापन
एआईजी केदार ढकाल अवकाशमा
डिआईजी राणा एआईजीमा बढुवा सिफारिस
सशस्त्र प्रहरीका एआईजीहरूको जिम्मेवारी हेरफेर