चितवन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थीलाई चितवनबाट पक्राउ गरेको छ ।सीआईबीले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज–७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ ।
उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उडिसाबाट काँकरभिट्टा हुँदै फर्किए २० जना विद्यार्थी
केआइआइटीबाट एक सय ५९ विद्यार्थी फर्किए
केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेजमा फर्किन ८ बुँदे सर्त
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
गाउँको विद्यालय: जहाँ शहरका विद्यार्थी पढ्छन्
विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय