काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलहरुबीच नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा काले काले मिलेर खाऊँ खाऊँ भाले गर्न खोजिएको टिप्पणी गरेका छन् ।
अनुसन्धानलाई नियमित बनाएर संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गर्न लागिएको आशंका व्यक्त गरे । ‘नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुन लागेको भनिएकै बेला काले काले मिलेर खाऊँ खाऊँ भाले भन्ने टुङ्गो लाग्यो रे ? उनले प्रश्न गर्दै फेसबुकमा लेखेका छन्, ‘अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे ?’
अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरूलाई सरुवा गरेर आफू निकटका व्यक्तिहरूलाई ल्याएर बाँकी फासफुस पार्ने खोजिएको उनको आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन् : राजेन्द्र लिङ्देन
राजेन्द्रविरुद्ध खनिइन् रेखा थापा
राजेन्द्र लिङ्देनद्वारा भावी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन