काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ दिशा दिन आवश्यक रहेको बताएका छन् ।
आज (बुधबार) भारतको ७६औं स्वतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री समाजले आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीच उपलब्ध स्रोत, साधन, विज्ञान र प्रविधिलाई प्रयोग गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।
दुई मुलुकबीचमा रहेका समस्या समाधानका लागि एक आपसमा मिलेर अगाडि जान आवश्यक रहेको उनको भनाई छ । दुई देशबीच कृषि, व्यापार र विकासमा साझेदारी गरेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व