काठमाडौ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ।
आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो।
संसद्मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेका बेला सत्ता गठबन्धनका दल छलफलमा जुटेका हुन्।
बैठकले संसद्को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने बताइएको छ।
हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्मा अवरोध गरिरहेको छ।
सरकारले भने सीआईबीलाई अनुसन्धान टुंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएकाे बताइरहेको छ। यसैगरी सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलले पनि सुनकाण्डको अनुसन्धानका लागि उच्चस्तरीय समिति आवश्यक नहुने निर्णय गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा