सेनामा अनियमितता, नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाहीमा भर्ना !

पत्रपत्रिकाबाट

सोमबार, २८ साउन २०७५, ०७ : ४३
सेनामा अनियमितता, नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाहीमा भर्ना !

नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको छ । 

गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानविनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । 

खड्का प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वासपात्र मानिन्छन् । 

लोकसेवा आयोगले अर्काले लेखेर पास भएका आठै जनाको परीक्षासमेत रद्ध गरिसकेको छ । 

सो प्रकरणमा सैनिक मुख्यालयकै उच्च सैनिक अधिकारीको संरक्षण र निर्देशनमा दुई सेनाले सेटिङ अर्काको नाममा परीक्षा दिने वातावरण मिलाएको स्रोतले बताएको छ ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस