लमजुङ । अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको हो ।
सो सडक खण्डको बेँसीसहर नगरपालिका–६ को खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठुला चट्टान आएर बाटो अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ । निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाइ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरूद्ध
सडक कालोपत्रे गर्न माग गर्दै वडाध्यक्षले सडकमै सञ्चालन गरे कार्यालय
म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो
कुसहा-मौवहा-बेल्ही सडक जीर्ण