काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने जानकारी दिएका हुन्।
संघको स्थापनाकालदेखिनै सक्रिय सापकोटा संघको विभिन्न पदिय जिम्मेवारी रही नेपाल र नेपालीहरुको हक हितका सस्थागत रुपमा क्रियाशील छन्।
‘संस्थाको सुदृढ़ीकरण, पूर्ण ब्यबस्थित साथै बिश्वभरि छरिएर रहनु हुने प्रबासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै भाईचाराको सम्बन्ध बिकास गर्दै प्रवास बस्ने नेपाली हरु को साझा संगठन निर्मणमा क्रियासिल हुने र गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालयबाट जेजति डेलिभरी हुनु पर्ने हो हामीले दिन सकेका छैनौ।
हाम्रो सचिवालयलाइ व्यवस्थित मर्यादित पारदर्शी प्रविधिमैत्री क्रियासिल बनाइ संघका नियमित रुपमा हुने बैठक, सेमिनार, गोष्ठी अनि सभा सम्मेलन परिमार्जित गर्दै नीतिगत अस्पष्टता लाई सम्बोधन गराई एकत्रित गतिशील गैर आवासीय नेपाली संघ निर्माणमा केन्द्रित हुने उद्देश्य सहित मेरो उमेद्वारी रहेको छ’, सापकोटाले भने ।
सन् २००६ मा गैर आवासीय नेपाली संघ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे। सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली संघको केन्द्रिय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल संघको प्रबक्ताको जिम्मेवारीमा रहेका छन् ।
नेपालमा गैरआवासीय नेपाली संघ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, लगानीमार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका छन् ।
गैरआवासीय नेपाली संघको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क ७ लाख रुपैयाँ
उच्चस्तरीय समितिका अध्यक्ष घले युरोप र मध्य पूर्वको भ्रमणमा जाँदै
सरकारले पनि भन्यो 'मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक'
एनआरएनएले शेष घलेलाई कार्यालय हस्तान्तरण नगर्ने
एनआरएनए एकता महाधिवेशनको पहलः घलेले लिए ६ घण्टा सुझाव
अध्यादेशमा ‘आफ्नै नागरिकलाई भिसा दिनेʼ व्यवस्था गरेको भन्दै एनआरएनएको विरोध