काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भनेर नियम मिच्न नहुने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टी भित्रको प्रजातान्त्रिक आचरणमा असर पर्ने बताए । उनले आफू यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको र त्यस्तो कार्यलाई नियन्त्रण गर्नु पर्ने बताए ।
उनले भने ‘ वर्किङ कमिटीमा आफ्नो बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन भन्ने कुरालाई अभियानको रूपमा चलाएको मान्छे हो म । नेता सिंहले पार्टीलाई व्यवस्थित गरेर विधि नियमअनुसार लानु पर्ने बताएका छन् । समयलाई बुझेर चुनौतीको सामना गर्नु पर्ने उनको भनाइ छ ।
उनले भने ‘ यो बेकारको अस्वस्थ्य प्रतिस्पर्धा एकआपसमा नगरौं है । सबैले काम गर्दै जाऔं । अब अवसर पाउनको लागि धेरै फ्याक्टरहरू मिल्न पर्ने हुन्छ । इच्छा गर्नु आफ्नो अधिकारको कुरा हो तर आफूले चाहेको कुरा प्राप्त भएन भने बाटो नै बिराउने गरेर पार्टीको गतिविधि अगाडि बढ्दैन भन्ने हेक्का राख्नुपर्छ । ’
नेता सिंहले राजनीतिमा धैर्य पनि हुनुपर्ने बताए । व्यक्तिगत पहिचान भन्दा पनि पार्टीलाई केन्द्र विन्दुमा राखेर काम गर्नु पर्ने उनको भनाइ छ । उनले विरोधीहरूको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिँड्न नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
सम्पदाहरूको बजारीकरण गरेर देशमै रोजगारी सिर्जना गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
आर्थिक समृद्धिका लागि काँग्रेस सक्षम छ, उच्च मनोबल राख्नुस् : उपप्रधानमन्त्री सिंह
पार्टी व्यवस्थापन कांग्रेसको मुख्य चुनौती : प्रकाशमान सिंह