सुर्खेत । वीरेन्द्रनगरमा एक सडक मजदुर मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा बाँकेको जानकी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर नगरपालिका–६ मंगलगढीमा सडकको काम गर्ने अन्दाजी १९ वर्षीय विष्णु रैदास रहेका छन् ।
उनी बुधबार आफूसँगै काम गर्ने अन्य ८ जना साथीहरूसँग च्याउ टिप्न भनी जङ्गल गएका थिए । वीरेन्द्रनगर नगरपालिका–२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यद्यपि प्रहरी घटना स्थलमा पुग्दा उनीसँगै गएका अन्य साथीहरू घटनास्थलमै रहेका थिए । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर चार नेपालीको मृत्यु
मौलाकालिका केबलकारको चारतला माथिबाट खसेर मजदुरको मृत्यु