मौलाकालिका केबलकारको चारतला माथिबाट खसेर मजदुरको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १८ साउन २०८१, १४ : २८
मौलाकालिका केबलकारको चारतला माथिबाट खसेर मजदुरको मृत्यु

चितवन । मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको गैँडाकाट नगरपालिका– १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको चार तला माथिबाट खसेर मजदुर गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति बाराको जितपुर उपमहानगरपालिका– २० निवासी २२ वर्षीय युवक त्यहाँका मजदुर थिए । प्रहरीका अनुसार राति मृत्यु भएपनि खबर भने बिहान मात्र भएको थियो । मौलाकालिका केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको उनी मजदुर थिए ।

मृत्यु भएका कुर्मीको शव भरतपुर अस्पतालमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले पोस्टमार्टमको लागि ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस