पोखरा । गण्डकी प्रदेशसभाको बैठक बिहीबार दिउँसो बस्दैछ। आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
एक महिनापछि पछि प्रदेशसभा बैठक बस्न लागेको हो। असार २२ गते चालु आर्थिक वर्षको बजेट पास भएसँगै प्रदेशसभा स्थगित भएकाे थियो।
बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले आफ्नो भनाइ राख्नेछन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बोधन गर्नेछन्।
आजै मिनी संसद अर्थात संसदीय समितिको टुंगो लगाएर संसदमा जानकारी गराउने भनिएको छ। तर, दलहरूबीच भागबन्डा नमिल्दा रोकिन सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।
गण्डकी प्रदेशसभाका सदस्यले पुस १४ गते पद तथा गोपनीयताको सपथ लिएका थिए। भागबन्डा नमिल्दा संसद सुरु भएको ७ महिनासम्म पनि संसदीय समिति गठन हुन सकेको छैन।
नेपाली कांग्रेस र नेकपा एमालेले २-२ समितिको नेतृत्व पाउनुपर्ने अडानमा छन्। नेकपा माओवादी केन्द्रले पनि एउटा समितिको नेतृत्व पाउनुपर्ने दाबी गरेपछि संसदीय समिति गठनमा ढिलाइ भएको हो।
समिति गठन नहुँदा संसदको काम कारबाही प्रभावित बनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
गण्डकीका भौतिक मन्त्री केसीद्वारा सय दिनको उपलब्धि सार्वजनिक
साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
गण्डकीमा एमालेबाट नियुक्त ४ जना मन्त्रीले लिए शपथ
गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम
एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै