काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्त ढंगले त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा भासिएको उनले बताएका हुन् ।आइतबार काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले भने।
देशले भोग्नु परेको सम्पूर्ण समस्याको मूल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्ध विश्वास, रुढीवादी र विभेदमा आधारित छ, धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत हो ।
थापाले मुलुकमा हाल विद्यमान संकट समाधान गर्न राप्रपा नेपाल सँग वैकल्पिक मार्ग चित्र रहेको समेत बताए । उनले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनवादको वैचारिक धरातलमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताए ।
थापाले सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागू गरी प्रदेश तहको संरचना खारेजी गर्नुपर्ने बताए । उनले आत्मसमर्पणवादी मानसिकताले गर्दा मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्न उठिरहेको बताए । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरिएर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
व्यवस्था र अवस्था बदल्न धक्का दिनुपर्ने समय आयो : कमल थापा
राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : अध्यक्ष थापा
संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ : कमल थापा
सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा
राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा