काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट हिमालयन ब्रोक्रेज मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै हिमालयन ब्रोक्रेजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क पनि इसेवा मार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्ताहरुलाई हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।
अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३)का अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरे । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।
देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इसेवाको दसैँ-तिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
इसेवा र फोनपोइन्टस् बिच साझेदारी