काठमाडौँ । इसेवाले इजीलोनमार्फत २ लाखसम्म कर्जा प्रदान गर्ने भएको छ । इसेवाले गुडविल फाइनान्स लिमिटेडसँगको सहकार्यमा एजेन्टहरू ३० हजारदेखि २ लाखसम्म इजी लोन प्रदान गर्ने जनाएको हो ।
इसेवाका वित्तीय सेवा प्रमुख हेम घिमिरेका अनुसार उक्त कर्जा व्यक्तिगत आवश्यकता पूरा गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न लिन सक्नेछन् । उनले भने, ‘इजी लोनले मर्चेन्टहरूको जीवनलाई थप सहज र धेरै हदसम्म तनावमुक्त बनाउने हाम्रो विश्वास छ ।’ इजी लोन छिटो, भरपर्दो, सुरक्षित र आवेदन प्रक्रिया निकै सहज भएको उनको भनाइ छ ।
मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, इन्स्योरेन्स लगायतका दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
इसेवाको दसैँ-तिहार अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध