काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दसैँ-तिहार र छठ पर्व लक्षित गरेर "इसेवा महा-उत्सव: इसेवाको कारोबारमा NAMMI को दामी कार " अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीले जनाएको छ ।
यसका साथै, रु.१०० को खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले iPhone १६ पनि जित्न सक्नेछन्। मात्र रू.१०० मा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्। त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ।
दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्।
साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरु: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
इसेवा र फोनपोइन्टस् बिच साझेदारी