हिउँले भरिएको अन्टार्कटिकामा रुसी वैज्ञानिकहरूले फलाए तरबुजा

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १३ : ५९
हिउँले भरिएको अन्टार्कटिकामा रुसी वैज्ञानिकहरूले फलाए तरबुजा

काठमाडौँ। रुसी अनुसन्धानकर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेसनमा आठवटा तरबुजा फलाउन सफल भएका छन् । 

 

उनीहरूले तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई)का अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ ।

 

प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरुले बताएका छन् । अन्वेषकहरूका अनुसार भोस्टोक स्टेसनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरू उब्जाउने अपेक्षा राखेको छ ।वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् ।

रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेसनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस