काठमाडौँ । माओवादी केन्द्रमा केन्द्रीय समिति बैठक लाइभ गर्ने विषयलाई लिएर नेताहरूले असन्तुष्ट जनाइरहेको बेला उपमहासचिव जनार्दन शर्माले समर्थन जनाएका छन्। लाइभ गर्ने विषयमा मतभेद भए पनि अध्यक्षले लाइभ गरौँ भनेपछि असहमति राख्न नहुने उनले बताए ।
‘अध्यक्ष कमरेडले लाइभ गरौँ भन्ने प्रस्ताव गर्नुभयो । उहाँले भनिसकेपछि असहमति जनाउने कुरा भएन । बैठक गोप्य राखे पनि भित्रको विषय बाहिर सबै मिडियामा आइहाल्छन् । भित्रको विषय खोतलखातल बनाएर धेरै बनाउँछन् बरु लाइभ नै गरेपछि मिडियालाई पनि सजिलो हामीलाई पनि सजिलो हुन्छ’, शर्माले भने ।
बैठक लाइभ गर्ने विषयमा नेताहरू गणेश साह, रामप्रसाद सापकोटा, कमला रोक्का लगायतका नेताहरूले भने असहमति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम: जनार्दन शर्मा
सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए : जनार्दन शर्मा
नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ : जनार्दन शर्मा
नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ : जनार्दन शर्मा