इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ ।
उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए । ८३ वर्षीय ती झाँक्रीले १३ वर्षीया किशोरीलाई अपहरण गरेको र आफूमा देउता चढेको भनी उनको दिमाग एकोहोर्याएको अभियोग लगाइएको छ ।
ती झाँक्रीलाई यौन शोषण र बालबालिका सुरक्षासम्बन्धी कानुनको बखिलाप कम गरेको अभियोग लगाइएको छ ।
'गायब'
स्थानीय समाचारका अनुसार जगो नामका ती झाँक्री स्थानीयबासिन्दामाझ कालो जादु गर्ने र वैकल्पिक विधिबाट निको पार्ने व्यक्तिको रूपमा चिनिन्छन् ।
सन् २००३ मा १३ वर्षीय बालिकालाई उपचारका लागि भनी ती झाँक्रीको घरमा उनको परिवारले ल्याएका थिए । त्यही वर्ष केही समयपछि उनी गायब भएकी थिइन् ।
सञ्चार माध्यमले ती झाँक्रीले उनका परिवारलाई उनी कामको खोजीमा जाकार्ता गइसकेको बताएका थिए । उनका आफन्तहरूले धेरै वर्षसम्म खोज्ने प्रयास गरे तर अन्तत: उनी बेपत्ता भएको घोषणा गरियो ।
समाचारहरू बाहिर आएपछि आइतवार प्रहरी ती किशोरीलाई सुलावेशीको मध् भागमा गएको गलुमपाङ गाउँमा खोजी गर्न गएको थियो। उनी ठूलो ढुङ्गाको पछाडिको सानो भागमा फेला परेकी थिइन् ।
आरोप
प्रहरीले सार्वजनिक गरेको तस्बिरमा गुफाभित्र केही सामान्य कोठामा हुने सामानहरू देखिएको थियो जुन ती व्यक्तिको घर नजिकै थियो ।
टोलीटोलीका प्रहरी प्रमुखका अनुसार ती बालिका १३ वर्ष हुँदादेखि नै ती पुरुषले किशोरीको बलात्कार गर्थे र त्यो सबै आफूले नभइ आफूमा देउता चढेको र त्यही कारण त्यस्तो भएको बताउने गर्थे । उनीहरूले ती झाँक्रीले राति आफ्नो घरमा ल्याउने र दिनभरी उनलाई जेलजस्तै सानो गुफामा बस्न बाध्य पार्ने आरोप लगाएका छन् ।
"ती पीडितलाई कतै नभाग्न तर्साएको र अरू मानिसलाई पनि नभेट्न उसको दिमागमा कुराहरू भरेको जस्तो देखिन्छ," एकजना स्थानीय बासिन्दाले जाकार्ता पोष्ट पत्रिकालाई बताएका छन् । ती झाँक्री दोषी ठहर भएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुनसक्छ । -बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ साउन २०७५, ०९ : ३८
लेखकबाट थप