काठमाडौं । एक क्वीन्टल सुन तस्करीमा पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको समय दिएको छ । उच्च अदालत पाटनले उनीहरूलाई बिहीबार पहिलोपटक अनुसन्धानका लागि १० दिन हिरासत राख्ने अनुमति दिएको हो।
उक्त प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। उनीहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । सुनलाई मुचुल्का उठाएर ढुकुटीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन तस्करी प्रकरणमा सुबु केसीलाई मुद्दा चलाउन सिफारिस