दुईवटा न्यारोबडी ग्राउन्डेड भएपछि निगमले यात्रुसँग क्षमा माग्यो

सफल खबर संवाददाता

सोमबार, ०१ साउन २०८०, १४ : ०९
दुईवटा न्यारोबडी ग्राउन्डेड भएपछि निगमले यात्रुसँग क्षमा माग्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना दुईवटा न्यरोबडी विमानमा चरा ठोक्किएका कारण ग्राउन्डेड गर्नुपरेको भन्दै यात्रुसँग क्षमा मागेको छ ।

निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै ती दुईवटा जहाज एकैपटक ग्राउन्डेड हुँदा न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो । उसले जहाज ग्राउन्डेड गर्नुपरे पनि अन्य जहाजबाट पूर्वनिर्धारित उडानहरु सुचारु राखिएको जानकारी दिएको छ ।