काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गर्ने भएका छन्।
तिथिअनुसार आज श्रावणको पहिलो सोमबारका दिन पत्नी राधिकासहित क्षमापूजा र होमसहित विशेष पूजामा सामेल हुन लागेको पशुपति क्षेत्र विकास कोष स्रोतले जानरी दिएकाे छ।
आफू प्रधानमन्त्री छँदा राज्य र पशुपतिकोषको गरी ८० करोडमा जलहरी निर्माण गरी अर्पण गरेपछि हालै उत्पन्न विवाद अनि जलहरी हटाइ अख्तियारको आदेशमा भएको छानविन र पूजा अर्चनामा उत्पन्न भएको बाधकको प्रायश्चितका लागि हुने क्षमापूजामा उनी आज सामेल हुन लागेका हुन्।
तत्कालीन समयमा जलहरी चढाउँदा प्रधानमन्त्री रहेका ओली यस पटकको क्षमापूजामा भने उनको निजी खर्चमा हुन लागेको हो। कोषका अनुसार पशुपतिमा क्षमापूजा ११ हजार रुपैयाँ शुल्क हुन्छ।
‘हामीले हिजो बेलुका मात्र उहाँको इच्छाबारे जानकारी पाएका हौँ र आजै मात्र यो कार्य सम्पन्न गर्न लागेका हौँ’, पशुपति स्रोतले भन्यो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
बाढीपछि पशुपति क्षेत्रमा सरसफाइ
पशुपति क्षेत्रभित्र मासु र मदिरा बेचबिखनमा प्रतिबन्ध
पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव
पशुपति दर्शनका लागि पुगे भारतीय विदेश सचिव
पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने