काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेले बैठक सहज रुपमा सञ्चालनका लागि विभिन्न दलका प्रमुख सचेतकहरुसहितको छलफलमा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि बैठक अघि नबढाएका हुन् ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भने,‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्म सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।’
गत असार १८ गते भारतीय मूलका नेपाली व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेको कुरालाई लिएर एमालेले राजीनामा माग गर्दै संसदमा अवरोध गर्दै आइरहेको छ । संसद्को अवरोध हटाउन सभामुख घिमिरेले शुक्रबार विभिन्न चरणमा छलफल गरेपनि एमाले सहमत नभएपछि बैठक स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले शहीदमार्गको रकम कटौती गरेकोप्रति वर्षमानको आपत्ति
ब्रेक लागिरहेका कामलाई सरकारले ‘थ्रु’ गरिरहेको छ : प्रधानमन्त्री ओली
यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी