अब यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने

पत्रपत्रिकाबाट

सोमबार, २१ साउन २०७५, ०९ : २५
अब यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने


रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ । आजको कान्तिपुर दैनिकको समाचार अनुसार, आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ ।

त्यस्तै, काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको  शर्त पालना नगरेमा रोजगारदाताले कामबाट  हटाउन सक्ने ब्यवस्था प्रस्ताव गरिएको छ ।

रोजगार दिने कम्पनीले श्रमिकलाई भेदभाव गरेमा १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । यस्तै जुन उद्देश्यका लागि सरकारबाट सहायता लिएको हो त्यही प्रयोजनमा खर्च गर्नुपर्नेछ । अन्यत्र खर्च गरे सरकारबाट लिएको बराबर असुल गरी त्यति नै जरिवाना गर्ने व्यवस्था पनि गरिएको खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस