अजरबैजानको बाकुमा परराष्ट्रमन्त्री साउदको सम्बोधन

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, २१ : २०
अजरबैजानको बाकुमा परराष्ट्रमन्त्री साउदको सम्बोधन

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको समन्वय ब्युरोको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन्।

उनले जलवायु परिवर्तनका प्रमुख चुनौतीहरूमा विशेष ध्यान केन्द्रित गर्दै महत्वपूर्ण विश्वव्यापी मामिलामा नेपालको दृष्टिकोणलाई जोड दिए। 

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ। उनी असार २३ गते स्वदेश फर्किनेछन्। 

प्रतिक्रिया दिनुहोस