विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो ।आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि मत विभाजन हुने कार्यसूची छ ।
मुख्यमन्त्री कार्की हिजो प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज ११:०० बजेका लागि बोलाइएको भए पनि १ घण्टा ढिलो सुरु भएको हो ।सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।
कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको सङ्कट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन बाध्य भएका हुन् । मुख्यमन्त्री कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेको छ । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।
जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत् रहने भए पनि सो पार्टीले तटस्थ बस्ने जनाएपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा परेका छन् । जसपा नेपालको एक मत रहेको छ ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
प्रादेशिक आमसञ्चार विधेयक सच्याउँछौं : मुख्यमन्त्री कार्की
अध्यादेशको विरोध गर्नुको औचित्य छैन : मुख्यमन्त्री कार्की
सामुदायिक विद्यालय मर्जरमा हामीले सघाउनुपर्छ : मुख्यमन्त्री कार्की
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की