काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना रहेको बताएका छन।
शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै यस्तो बताएका हुन । उनले प्रधानमन्त्री दाहालकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताए । उनले भुगोलका हिसावले सानो भएपनि नेपाल संस्कृति र भाषाका हिसावले सानो नभएको बताए ।
उनले भने, ‘अब सुशासन कायम गर्नुपर्नेछ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ । उनकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना छ । हाम्रो भुगोल सानो छ । उत्तर दक्षिणतर्फ हाम्रा ठूला देशहरु छन् । तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ । विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनु पर्छ । साहित्य संस्कृतिमा तपाईहरुले योगदान गरिदिनुहोस् अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारको बिरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ ।’
मन्त्री किराँतीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारको बिरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती
निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती