उपनिर्वाचनको तयारी सुरु, प्रधानमन्त्रीद्वारा आयोग पदाधिकारीसँग छलफल

पत्रपत्रिकाबाट

शुक्रबार, १८ साउन २०७५, ०८ : ३७
उपनिर्वाचनको तयारी सुरु, प्रधानमन्त्रीद्वारा आयोग पदाधिकारीसँग छलफल


काठमाडौँ  । सरकारले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । यसै विषयलाई लिएर प्रधानमन्त्री के.पी. शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा छलफल गरेका छन् ।

उपनिर्वाचनका लागि सबभन्दा पहिले स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधन गर्नुपर्ने छ । स्थानीय तहमा मात्रै १९ जिल्लाका नगरपालिका प्रमुख, गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका २०७ पद रिक्त रहेका छन् ।

प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितका आयोगका पदाधिकारीले उपनिर्वाचन गर्ने विषयमा छलफल गरेको जानकारी आयोगका प्रवक्ता दीपक सुवेदीले दिए । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस