मुर्रा ल्याउन कृषि मन्त्रालयले भारत पठायो प्राविधिक टोलीको नाम

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, २० : १६
मुर्रा ल्याउन कृषि मन्त्रालयले भारत पठायो प्राविधिक टोलीको नाम

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुर्रा जातको राँगो ल्याउन प्राविधिक टोलीको नाम भारत पठाएको छ । पशु सेवा विभागका महानिर्देशक डा.सम्झना काफ्लेको नेतृत्वमा चार सदस्यीय टोलीको नाम भारत पठाइएको स्रोतले जनाएको छ ।

नाम पठाएको एक साता भइसक्दा पनि भारतले जवाफ भने पठाइसकेको छैन । विभागको एक पदाधिकारीका अनुसार भारत नाम पठाएको एक साता भन्दा बढी भइसकेको छ ।  तर हालसम्म जवाफ नआएको हो  । जवाफ आएपछि टोली भारत जानेछ ।

भारतले १५ बटा राँगा दिने सहमति गरेको छ । त्यही राँगाको प्राविधिक जाँचक लागि जान टोलीको  नाम पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस