धनगढी । साउन १ गतेदेखि गेटामा अस्पताल सञ्चालन हुने भएको छ । गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा सरकारले हालै स्वास्थ्य बिज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही संरचनामा सरकारले साउन १ गते अस्पताल सञ्चालन गर्ने भएको हो ।
स्वास्थ्य बिभागका तर्फबाट एक वर्षअघि अस्पतालको कार्यकारी निर्देशक नियुक्त बरिष्ठ हाड जोर्नी रोग बिशेषज्ञ डा. प्रमोद जोशीले साउन १ गतेबाट अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको पश्चिम टुडेलाई बताए ।
साउन १ गतेबाट ओपीडी सञ्चालन गर्ने तयारीमा छौ । त्यसका लागि स्वास्थ्य बिभागबाट आवश्यक उपकरण र दरबन्दी माग गरेको छु, डा. जोशीले भने, १५ दिनभित्र आवश्यक उपकरणहरु ल्याईसक्ने छौ । बिभागले आवश्यक उपकरणसंगै जनशक्ति समेत पठाउने प्रतिबद्धता गरेको छ ।
डा. जोशीले ओपीडी सञ्चालनका लागि मेडिकल कलेज पूर्बाधार निर्माण विकास समितिसंग केही संरचना समेत माग गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरङ्गसहित विविध सेवा विस्तार गर्दै गेटा अस्पताल