काठमाडौं । नेकपाकी सांसद निरु पालले आफ्नो घाँटीमा कसैले पेस्तोल राख्दैमा सरकार नडगमगाउने बताएकी छिन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पालले आफूमाथि सांघातिक आक्रमण भएको विषय संसदमा पनि जानकारी गराईन । सांसद पालले ‘म स्वयं यो देशको सांसद, जनताको प्रतिनिधि, म माथि एउटा घट्यो । तर दुर्घटना भएन । यो कुरा म सम्माननीय सभामुखमार्फत सरकार र जनतासमक्ष भन्न चाहन्छु भन्दै घटनाबारे जानकारी गराएकी थिइन् ।
उनले आफूमाथि साउन १५ गते साँझ ८ बजेर १५ मिनेट जाँदा डेरा नजिकै केही व्यक्तिहरुले पेस्तोल देखाएर तर्साउन खोजेको भन्दै आफू त्यस्ता धम्की र पेस्तोलले नडराउने पनि बताइन् ।
घटनाको विवरण दिँदै सांसद पालले साउन १५ गते साँझ सवा ८ बजे ४/५ जनाको समूहमा रहेका व्यक्तिहरुले हतियार देखाएर धम्काएको बताइन् । संसदीय समितिको विषयलाई लिएर आफूमाथि धम्की दिइएको भन्दै यस्ता धम्कीले आफू नडराउने पनि सांसद पालले बताइन् ।
एकजना सांसदमाथि यस्तो प्रकृतिको हमलाको प्रयास हुन्छ भने आम चेलीहरुको अवस्था के होला भन्दै सांसद पालले सबैलाई सुरक्षाको प्रत्याभूति गराउन पनि सरकारसमक्ष माग गरिन् ।
सांसद पालले यस घटनालाई फरक ढङ्बाट बुझेको भन्दै यसबाट सरकारलाई डगमगाउन खोजिएको आरोपसमेत उनले लगाइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०७५, १४ : २०
लेखकबाट थप