१२ को नतिजा आज सर्वजनिक हुने

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, ०९ : ४५
१२ को नतिजा आज सर्वजनिक हुने

भक्तपुर । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।

बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ  । नतिजा प्रकाशनको लागि सबै तयारी पूरा भएको पनि बोर्डले जानकारी दिएके छ ।

यस पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ । यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस