काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने बताएका छन । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपद्बाट बच्नका लागि एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए।
सांसद पौडेले कुनै जमिनमा विद्युत, पानी र यातायातको सुविधा पुर्याएर मात्रै त्यहाँ बस्ती बनाउनुपर्ने बताए । उनले प्राकृतिक विपद्बाट सिर्जित समस्याहरुलाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसमा तुरुन्त पीडितलाई उद्धार, राहत र पुर्नस्थापना गर्न सकिने संयन्त्र बनाउनुपर्ने बताए।
सांसद पौडेलले समाज अराजकतातिर गएको भन्दै असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने पनि बताए । उनले दिगो विकास लक्ष्यलाई भेट्नेहरु सरकारको बजेट तथा मन्त्रालयका काम, कारबाहीहरु अगाडी बढ्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटले मुलुकको अर्थ प्रणालीलाई लयमा ल्याउँछ : देवेन्द्र पौडेल
प्रचण्डले गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ : देवेन्द्र पौडेल
संसदमा माओवादीको प्रश्न - संविधान मान्छु भनेर शपथ खाएपछि व्यवस्थाको विरोध गर्न पाइन्छ ?