काठमाडौँ महानगरले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन गर्न नदिने

सफल खबर संवाददाता

शुक्रबार, ०१ असार २०८०, १४ : ०५
काठमाडौँ महानगरले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन गर्न नदिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यथास्थितिमा हिसान शैक्षिक मेला सञ्चालन हुन नदिने भएको छ । भृकुटीमण्डपमा शुक्रवारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले रोक लगाएको थियो। काठमाडौँ महानगरले मेला सञ्चालन गर्न दिने निर्णय हालसम्म गरेको छैन।

मेला सञ्चालनको अनुमति नदिएको अवस्थामा सञ्चालन गरिएको भन्दै महानगरले रोक लगाएको जनाएको छ। मेला सञ्चालन गर्ने विषयमा काठमाडौँ महानगरको शिक्षा विभाग र हिसान प्रतिनिधिबीच छलफल भइरहेको छ । हालसम्म कुनै निर्णय नगरेको भन्दै महानगर प्रहरी मेला स्थलमा तैनाथ गरिएको छ। 

 

महानगर प्रहरी प्रमुख राजु पाण्डेले तत्कालको अवस्थामा कुनै पनि हालतमा मेला सञ्चालन गर्न नदिन भन्ने आदेश आएको उनको भनाइ छ।मेलामा कक्षा १० र १२ नतिजा नआई उच्च शिक्षाका लागि भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले मेलामा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस