काठमाडौ । कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुँदैछ ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको अघिल्लो बैठकले उनीमाथिका उजुरीउपर बुधबारदेखि छलफल गर्ने निर्णय गरेको थियो ।
समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट कामु प्रधानन्यायाधीस कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ ।
बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि आज बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्न लागिएको हो । समितिले बिहीबार कामु प्रधानन्यायाधीस कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, ०८ : १०
लेखकबाट थप