जापानाको फुकिशिमामा भूकम्प, सुनामीको चेतावनी

मंगलबार, १५ साउन २०७५, १८ : ४५
जापानाको फुकिशिमामा भूकम्प, सुनामीको चेतावनी

टोकियो । जापानको फुकुशिमा प्रान्तमा ५।४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ ।

पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी प्रभावित भएको बताइएको छ ।
हालसम्म यस भूकम्पबाट मानवीय र सम्पत्तीको क्षतिको कुनै विवरण प्राप्त नभएको बताएको । साथै भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन् ।
जापान विश्वको अरु राष्ट्रको तुलनामा बारम्बार भूकम्पले सताउने देश हो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस