काठमाडौं । नेकपा एमाले सांसद् पृथ्विसुब्बा गुरुङले बजेट एकात्मकबादी भएको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै सांसद् गुरुङले सामाजिक क्षेत्रको दायित्व पूरा गर्नेतर्फ बजेट केन्द्रित नै नभएको बताएका हुन्।
गुरुङले भने, ‘राज्यको शक्ति र स्रोतको अधिकार ७६१ वटा सरकारसँग छ भन्ने बजेटले भुलेको छ । यो बजेट एकात्मकबादी छ । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई बजेटले भुलेको छ । यो पञ्चायतको बजेट जस्तै भयो । बहुदलकालको पुनरावृत्ति भयो । यो प्रगतिशील बजेट भएन ।’
नारा र निबन्धमा राम्रो बजेट भए पनि सही मार्ग समात्न नसकेको बताए । गुरुङले भने, ‘बजेटमा शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्ने योजना छैन, संघीयतालाई सबल बनाउने लक्ष्य नै छैन । पुजिंगत खर्च बढाउने कुरा बजेटमा उल्लेख गरिए पनि कुरा मात्रै भयो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ