एमाले सहितका प्रतिपक्षी तीन दलले गरे संसद अवरोध

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, १२ : ४४
एमाले सहितका प्रतिपक्षी तीन दलले गरे संसद अवरोध

काठमाडौं । नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्। आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरु उठेका थिए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए । यो विधेयकलाई फेरि निश्क्रिय राखेर संसदमा नयाँ विधेयक ल्याउनुपर्ने उनको माग छ ।

प्राधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा उनले वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार छौं भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए । यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताए ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध गरे । राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस