अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

आइतबार, १३ साउन २०७५, ०९ : ४४
अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

संयुक्त राज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् ।

डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् । वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्काहरू आँधीजस्तो फैलिएको बताइएको छ ।
शास्टा क्षेत्रमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ जसले रुखहरू ढालिदिएको छ अनि गाडीहरूलाई सडक किनारामा लडाइदिएको छ ।
आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू अनवरत खटिरहेका भएपनि आगोको प्रभाव खासै नियन्त्रणमा ल्याउन सकिएको छैन ।
सोमवार सुरु भएको डढेलो त्यो भनेको सान फ्रान्सिस्को शहरको क्षेत्रफल बराबर अर्थात् ४८ हजार एकड क्षेत्रफलमा फैलिएको छ । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस