नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन् ।
नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने प्रधानमन्त्री मोदीको भनाइ छ । ‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ,’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता
ओली र मोदीबीच आज साँझ ‘साइडलाइन’ वार्ता
नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ
तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक वाराणसी जाँदै मोदी
मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने