काठमाडौँ। कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन् । उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए ।
यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए ।उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा पुगेका थिए । यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त ऋतुमा हिमाल आरोहणको लागि ३६५ ले लिए अनुमति
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
हिमाल आरोहण अनुमति सुरु : २४ देशका आरोहीले पाए अनुमति
हिमाल जोगाउने अभियानमा जुट्यो सिरिजंगा गाउँपालिका
काला पत्थरजस्तो देखियो हिउँविहीन सिस्ने हिमाल
आरोहणका लागि थप ५७ वटा हिमाल खुलाउने प्रक्रिया अघि बढ्यो