पदको बाजी नराख्न अर्थमन्त्री महतलाई पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

सफल खबर संवाददाता

बुधबार, १७ जेठ २०८०, ११ : ५४
पदको बाजी नराख्न अर्थमन्त्री महतलाई पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पदका बाजी नराख्न सुझाव दिएका छन् ।

आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो सुझाव दिएका हुन् उनले भने,‘करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुन्छ । त्यो दुई प्रकारको आवश्यकताले हुन्छ । एउटा प्रणालीको आवश्यकताले,अर्को व्यवसायीको आवश्यकताले । त्यसकारण भोलि प्रश्न उठ्यो भने जवाफदेही त अर्थमन्त्री हुनैपर्छ,पदको बाजी नै नराखेको भए हुने ।’

अर्थमन्त्री डा.महतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा करका दर कसैको दबाबमा हेरफेर गरेको प्रमाणित भए पदमा नबस्ने भन्दै प्रमाणित गर्न चुनौती दिएका थिए । त्यसको जवाफमा डा.खतिवडाले पदको बाजी नराख्न सुझाव दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस