काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्ने आवस्यक रहेको जानकारी दिएका छन् ।कांग्रेस ललितपुरले आज गरेको कार्यक्रममा थापाले भने, ‘हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ र गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने कसैले पनि रोक्न सक्दैन्न् । ’
‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ,’ थापाले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्। सदस्य मात्रै भएर बस्न परे बसुँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछ, गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं : महामन्त्री थापा
कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन : गगन थापा
कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : महामन्त्री थापा
चैतसम्ममा सबै विधेयक पारित गर्न संयन्त्र बनाएर काम गरिरहेका छौं : गगन थापा
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा